जनता मावी पैञ्युँथन्थापका भूपू विद्यार्थीले गरे जेहेन्दार विद्यार्थीलाई सहयोग

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ कात्तिक २०७८ ।

जैमिनी ९ को जनता माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुले जेहेन्दार विद्यार्थीलाई सहयोग सहित सम्मान गरेका छन् । बागलुङको जैमिनी नगरपालिका ९ पैञ्युँथन्थाप स्थित जनता माध्यामिक विद्यालयका भूपू विद्यार्थीहरुले जेहेन्दार विद्यार्थीलाई नगद सहयोग सहित सम्मान गरेका हुन् ।

मंगलबार एक कार्यक्रमका बिच एसईसईमा उत्कृष्ट अंक ल्याउन सफल जेहेन्दार र मेहनती मौसम थापालाई नगद सहित सम्मान गरिएको कार्यक्रमका सभापति तथा भूतपूर्व विद्यार्थी रविन्द्र पौडेलले जानकारी दिनुभयो ।

सम्मानित हुने विद्यार्थी थापाले आफुलाई सम्मान र सहयोग गरेर हौसला प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै अगाडि बढ्ने प्रेरणा मिलेको बताउनुभएको छ ।

उक्त अबसरमा विद्यालयका भूतपूर्व प्रधानाध्यापक तथा कार्यक्रमका प्रमुख अतिथि दिनानाथ शर्मा सुवेदीले विद्यार्थी कल्याणकारी कोष लाई सहयोग स्वरुप अठ्ठाइस हजार एक सय रुपैयाँ समितिका संयोजक रबिन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नुम कुमारी देवि शर्माले सहयोगी हातप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ताखाले सहयोगले विद्यार्थीहरुको हौसला बढ्ने बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो