बेमौसमी वर्षा : बाढी, पहिरोमा परि १ सय ११ जनाकाे ज्यान गयाे, ३७ जना बेपत्ता

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ५ कात्तिक २०७८ ।

देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय ११ पुगेको छ । आज शुक्रवार दिउँसोसम्म बाढी, पहिराे र डुबानमा परि एक सय ११ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ ।

बाढी, पहिरोमा परि प्रदेश १ मा ६५ जना, सुदूरपश्चिममा ३२ जना, कर्णालीमा सात जना, लुम्बिनीमा चार जना, गण्डकीमा दुई जना र वाग्मतीमा एक जनाको ज्यान गएको हो ।

यस्तै बाढी, पहिरोमा परी ३७ जना बेपत्ता छन् । सुदूरपश्चिममा २३ जना, प्रदेश १ मा ११ जना र प्रदेश २, लुम्बिनी, कर्णालीमा एक/एक जना बेपत्ता रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रदेश १ मा २१ जना, सुदूरपश्चिम प्रदेशमा १७ जना र कर्णाली प्रदेशमा चार जना गरी ४२ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।

बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । गएकाे शनिवार रातिदेखिको वर्षाका कारण एक हजार एक सय ८८ घर परिवार विस्थापित भएका प्रहरीको तथ्याङ्क छ । उज्यालाे अनलाइनबाट साभार 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो