१० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा दिने भीम रावलकाे घाेषणा, अबकाे बाटाे कता ?

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ६ कात्तिक २०७८ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि गठित कार्यदलबाट राजीनामा दिने घाेषणा गर्नुभएकाे छ ।  शुक्रवार ललितपुरकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेकाे पार्टीकाे स्थायी कमिटी बैठकपछि नेता रावलले कार्यदलको सदस्यसमेत नरहने गरी राजीनामा दिने घोषणा गरेकाे बताउनुभयो ।

उपाध्यक्ष रावलले पार्टीको विधि, प्रक्रिया र निर्णय विपरीत दुई जना केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेकोमा पनि फरक मत राख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘कार्यदलमाथि नै प्रश्न उठ्ने गरी कुराकानी भएकाले मैले कार्यदलको संयोजक र त्यसको सदस्यसमेत नरहने गरी राजीनामा दिने त्यहीँ घोषणा गरेको छु । र म यो राजीनामा सम्बन्धमा मैले बैठकमा के पनि भनेको छु भने म व्यवस्थित रूपमा भोलि शनिवार राजीनामा पठाउँछु भनेर जानकारी पनि गराएको छु । त्यसको साथसाथै जुन हाम्रो १० बुँदे सहमति थियो, अपानी १२ थियो ।

त्यो अपानी १२ ले १० प्रतिशत केन्द्रीय सदस्यहरूको मनोनयन गर्ने र तत्सम्बन्धमा कार्यदलले गृहकार्य गर्ने भनेर निर्णय गरेको थियो र त्यो निर्देशनतर्फ कुनै ध्यान नदिने तर उहाँले दुई जना केन्द्रीय सदस्य मनोनयन गर्ने, प्रभु साहजीको समस्या समाधान गर्ने भन्ने कुरा ल्याउनु भएकाले त्यसप्रति पनि मेरा विमति छ । पार्टीको अपानी पद्धति, प्रक्रिया र निर्णय विपरीत भएकाले आफूले फरक मत राखेका हुँ ।’

यस्तै नेकपा एमालेले यही कात्तिक १२ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले रामबहादुर थापा नेतृत्वको २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीलाई पनि एक सदस्य पछि थप गर्ने गरी पूर्णता दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उज्यालाे अनलाइनबाट साभार 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो