Breaking News: जैमिनीमा २ जनाको शव फेला, घटनाको अनुसन्धान हुँदै

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, ६ कात्तिक २०७८ ।

जैमिनीको ठेउलेखोलामा एकजना पुरुषको शव फेला परेको छ । शनिबार बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवा स्थित सिस्नेराको तल ठेउलेखोलामा एक पुरुषको शव फेला परेको हो ।

ठेउले खोलामा फेला परेको शव जैमिनी नगरपालिका ४ सिस्नेराका अन्दाजी ४५ बर्षीय प्रेम बहादुर नेपाली भनिने दलविर सार्कीको रहेको प्रहरी चौकी कुश्मिसेराले जानकारी दिएको छ । शवको घटनास्थलमा मुचुल्का गरिएको र पोष्टमार्टमका लागि बागलुङ पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

मृतक सार्की कात्तिक ४ गतेदेखि हराइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरी चौकी कुश्मिसेराका हवलदार नवराज रिमालले जानकारी दिनुभयो ।

यस्तै जैमिनी २ दमेकमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । शनिबार नै जैमिनी २ पोखराचौरमा भद्र बहादुर भनिने प्रेम बहादुर परियारको झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी अहिले घटनास्थलतर्फ जाँदै गरेको र थप विवरण प्राप्त नभएको प्रहरी चौकी कुश्मिसेराले जानकारी दिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो