तिहारकाे समयमा सुन चाँदीको मूल्य यस्ताे भयाे, कति पर्छ ताेलाकाे ?

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १८ कात्तिक २०७८ ।

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु ५०० ले घटेर रु ९१ हजार तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ५०० रहेकामा बुधबार प्रतितोला रु ९१ हजार तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक ती धातको कारोबार मूल्य तोक्दै आएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो