आज ६ सय बर्षयताकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै, यस्ताे छ समयअवधि

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ३ मंसिर २०७८ ।

आज चन्द्र ग्रहण लाग्दैछ । यो ६ शताब्दीयताकै सबैभन्दा लामो अवधिसम्मको चन्द्र ग्रहण हो ।

पछिल्लो पाँच सय ८० वर्षमा पहिलो पटक यति लामो खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्चबिन्दुमा पुग्नेछ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुका ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।

खगोलविद्का अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्छ तर विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्छ । यो खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ ।

चन्द्र ग्रहण पूर्णिमाको दिन मात्रै लाग्छ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो। उज्यालाे अनलाइनबाट


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो