जैमिनीमा सुरक्षित आप्रवाशन परियोजनाकाे बैठक सम्पन्न, परियाेजनाकाे प्रभावकारिता बारे छलफल

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ९ मंसिर २०७८ ।

सुरक्षित आप्रवाशन परियोजना (सामी) कोे स्थानीय सरकार तथा सरोकारवालासँग समन्वय बैठक कुश्मिसेरामा सम्पन्न भएको छ । बुधबार बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा सुरक्षित आप्रवाशन परियोजना (सामी) को बैठक सम्पन्न भएको हो ।

यसअघि जैमिनीका ४ वटा वडाहरुमा सुरक्षित आप्रवाशन परियोजना कार्यक्रम लागु गरिएकोमा यसलाई निरन्तरता कसरी दिन सकिन्छ र आगामी दिनमा अन्य वडाहरुमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सुरक्षित आप्रवाशन परियोजना (सामी) का कार्यक्रम अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श लिएकाहरुलाई आगामी दिनमा आर्थिक उपार्जन तथा उद्धमशिलतामा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको वित्तिय साक्षरताकी गण्डकी प्रदेश संयोजक जुना केसीले बताउनुभयो ।

बैठकको मुख्य लक्ष्य व्यवसाय बृद्धि गर्ने र पशुपालन र कृषिका कार्यक्रम कसरी प्रभावकारी रुपमा लागु गर्न सकिन्छ भन्ने रहेको उहाँको भनाई छ ।

हाल जैमिनी नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सामीको कार्यक्रम लागु भएकोमा आगामी दिनमा जैमिनीका वडा नं १ र २ मा कार्यक्रमलाई निरन्तर दिने र वडा नं ६ र ७ मा लागु गर्ने लक्ष्य रहेको रेग्मीले बताउनुभयो ।

हेल्वेटास नेपालको प्राविधिक सहयोगमा सामी परियोजनाले बिदेश जानेहरुलाई न्यायमा पहुँच, सूचनामा पहुँच तथा परामर्श दिने, बिदेशीएकाको परिवारहरुलाई वित्तिय साक्षरता तथा बिदेशबाट फर्केकाहरुलाई मनोसामाजिक परामर्श दिने कार्य गरिरहेको छ ।

स्थानीय सेवा प्रदायक बिवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवाशन परियोजना (सामी) बागलुङ जिल्लाको जैमिनी नगरपालिका सहित बागलुङ नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा सञ्चालित छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो