जैमिनीमा दोस्रो जैमिनी महोत्सव हुने, अशत्त,लाई निशुल्क प्रवेशको व्यवस्था- यस्ताे छ कार्यक्रमहरू

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ९ मंसिर २०७८ ।

जैमिनीमा यस बर्ष दोस्रो जैमिनी महोत्सव हुने भएको छ । २०७५ सालमा प्रथम जैमिनी महोत्सव भएपछि कोरोनाका कारण प्रभावित भएको जैमिनी महोत्सव यस बर्ष गरिने भएको हो ।

कुश्मिसेराको चर्चित माघे सक्रान्ति मेलालाई लक्षित गरी यो बर्ष पुस २६ गतेदेखि माघ ३ गतेसम्म महोत्सवको आयोजना गरिएको महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो ।

सहारा क्लव कुश्मिसेराको आयोजना र जैमिनी नगरपालिकाको मुख्य सहयोगमा कुश्मिसेरा बजारमा हुने दोस्रो जैमिनी महोत्सवबाट आएको मुनाफाबाट सहारा खेल मैदानको स्तरोन्नति गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा असहाय तथा अपांगता भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिनेछ भने सुरक्षाको जोखिमलाई दृष्टिगत गरी महोत्सव स्थल र कुश्मिसेरा बजार क्षेत्रमा सिसिटिभी जडान गरिने आयोजक सहारा क्लवका अध्यक्ष सुनारले बताउनुभयो ।

महोत्समा १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशिको खुल्ला पुरुष मेयर कप भलिवल प्रतियोगिता, ३५ हजार रुपैयाँ राशिको खुल्ल उप मेयर कप महिला भलिवल प्रतियोगिता सहित रमाइलो मेला र ख्यातिप्राप्त कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमहरु गरिने आयोजक संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवको तयारी सुरु जानकारी दिँदै आयोजक संस्थाले मेलामा प्रायोजन तथा सहयोग गर्ने संस्था तथा सहयोगीहरुलाई बिभिन्न सुविधाहरु प्रदान गर्ने जनाएको छ ।

महोत्सवमा १ लाख ५० हजार दर्शक आउने र ४२ लाख आम्दानी खर्च हुने अनुमान गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो