माओवादी केन्द्रको जैमिनीका सबै वडामा अधिवेशन सम्पन्न, शनिबार नगर सम्मेलन हुँदै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० मंसिर २०७८ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकोे जैमिनीका १० ओटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रले शुक्रबारसम्ममा बागलुङको जैमिनी नगरपालिकाको सबै वडामा अधिवेशन सम्पन्न गरेको हो ।

मंसिर ४ गते जैमिनी नगरपालिकाका ७ वटा वडामा, ६ गते वडा नं ५ बिनामारे, ९ गते वडा नं १ र १० गते वडा नं ४ मा अधिवेशन भैसकेको नेकपा माओवादी केन्द्रका जैमिनी नगर ईन्चार्ज लाल बहादुर परियारले जानकारी दिनुभयो ।

यस अघि भएको अधिवेशनमा वडा नं १ को अध्यक्षमा पदम बहादुर श्रीस, वडा नं २ को अध्यक्षमा नारायण सापकोटा, वडा नं ३ को अध्यक्षमा कृष्ण भुजेल, वडा नं ४ को अध्यक्षमा टंक चालिसे, वडा नं ५ को अध्यक्षमा नारायण रेग्मी, वडा नं ६ को अध्यक्षमा दल बहादुर थापा, वडा नं ७ को अध्यक्षमा रुद्र आचार्य, वडा नं ८ को अध्यक्षमा पदम पुन, वडा नं ९ को अध्यक्षमा मिना परियार र वडा नं १० को अध्यक्षमा टुकनाथ आचार्य निर्विरोध चयन हुनुभएको थियो ।

वडामा अधिवेशन सम्पन्न भएकाले शनिबार कुश्मिसेरामा नगर सम्मेलनको आयोजना गरिएको नेकपा माओवादी केन्द्रका जैमिनी नगर ईन्चार्ज लाल बहादुर परियारले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा मन्त्री देवेन्द्र पौडेल आउनुहुने उहाँको भनाई छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो