शान्ति मा.वि कुश्मिसेराको ६० औं बार्षिकोत्सव सम्पन्न, विद्यालयमा अनुशासन हुनुपर्नेमा जाेड

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १५ मंसिर २०७८ ।

शान्ति माध्यामिक विद्यालय कुश्मिसेराको ६० औं बार्षिकोत्सव सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा अवस्थित शान्ति माध्यामिक विद्यालयको बुधबार ६० औँ बार्षिकोत्सव तथा हिरक जयन्ती प्रवेश बर्ष २०७८ सम्पन्न भएको हो ।

बार्षिकोत्सवमको अवसरमा बुधबार विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले विद्यालयमा अनुशासन मुख्य रहने भएकाले अनुशासनको पालना गर्न सबैलाई आग्रह गर्नुभयो । शिक्षक र विद्यार्थी मात्रै नभई विद्यार्थी विद्यार्थी र शिक्षक शिक्षक विच पनि अनुशासन र मर्यादा हुने भन्दै कोइरालाले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा अराजक क्रियाकलाप हुन थाले विद्यालयको अस्तित्व नै समाप्त हुने बताउनुभयो ।
जैमिनी नगरपालिकामा शिक्षा क्षेत्रको लगानीलाई अझै प्रभावकारी ढंगले लैजाने आश्वासन दिँदै उहाँले विद्यालयको समस्या समाधान गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।

बार्षिकोत्सवको अवसरमा विद्यालयमा बिभिन्न प्रकारका प्रतियोगितात्मक क्रियाकलापहरु पनि सञ्चालन भएका थिए । अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शान्ति माध्यामिक विद्यालय प्रथम र हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेरा द्धित्तिय भएको विद्यालयका शिक्षक झपिन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यम बहादुर जिसीले विद्यालयको प्रगति विवरण र भावी रणनिति प्रस्तुत गर्दै भौतिक पूर्वाधारमा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । विद्यालयमा हाल छात्रवासको व्यवस्था गरिएको भएपनि प्रयाप्त कोठा नभएकाले समस्या भएको भन्दै उहाँले छात्रवासका लागि पहल गरिदिन स्थानीय सरकार समक्ष आग्रह गर्नुभयो ।

बार्षिकोत्विको अवसरका आयोजित कार्यक्रममा विद्यालयका लेखापाल भुषण आचार्यले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार विद्यालयमा अहिले ४८ लाख ७३ हजार भन्दा बढी रकम मौज्दात देखिएको छ । आर्थिक बर्ष २०७७/७८ मा २ करोड ७८ लाख २९ हजार बढी आम्दानी भएको थियो भने एक करोड उनान्सत्तरी लाख नौ हजार रुपैया बढी खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो