जैमिनीमा नेपाल निजामती कर्मचारी युनियनको समिति गठन, अध्यक्षमा पौडेल

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २१ मंसिर २०७८ ।
नेपाल निजामती कर्मचारी युनियनको जैमिनी नगर कार्यसमिति गठन भएको छ । मंगलबार बसेको कर्मचारीहरुको भेलाले रामकृष्ण पौडेलको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा झलक शर्मा, सचिवमा पृथ बहादुर थापा, कोषाध्यक्षमा भगवती चापागाईं र सहसचिवमा दुर्गादेवी शर्मा चयन भएका हुनुभएको नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यले जानकारी दिनुभयो ।

यस्तै समितिको सदस्यहरुमा प्रदिप आचार्य, रविन्द्र शर्मा, यदुनाथ शर्मा र कमला सापकोटा चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यले कर्मचारीको हक हितको क्षेत्रमा काम गर्नको लागि युनियन सधैं सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कर्मचारीहरुको क्षेत्रमा देखा पर्ने समस्या र तिनको समाधानका लागि संगठित हुनुपर्ने भन्दै उहाँले राजनिति भन्दा जनताको सेवामा कर्मचारीहरु लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कर्मचारीहरुले राजनिति गर्ने र जनतालाई दुख दिने काम गर्नु कर्मचारीको धर्म नभएकाले जनताको सेवालाई आफ्नो कर्तव्य सम्झनुपर्नें बताएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो