कुश्मिसेरा उपल्लोबजारको बाटो कालोपत्रे गर्न सुरु, पुस मसान्तसम्म काम सकिने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २७ मंसिर २०७८ ।

बागलुङको कुश्मिसेरा बजारको बाटो कालोपत्रे गर्न सुरु भएको छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा उपल्लोबजारको बाटो कालोपत्रे गर्न सुरु भएको हो ।

बिएमए निर्माण सेवाले ५२ लाखमा ठेक्का पाएकोे कुश्मिसेरा उपल्लोबजारको सडक अहिले कालोपत्रेको काम सुरु भएको जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो । केहि मिटर ढलान सहित ३ सय ८० मिटर बाटो पक्की बनाउने गरी ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले अहिले धमाधम ग्राभेल बिछ्याउन सुरु गरेको उहाँको भनाई छ ।

“उपल्लो बजारको पल्लो छेउमा थोरै काम बाहेक भौतिक काम पुरा भैसकेको छ, ठेकेदारले निरन्तर काम गरे धेरै समय लाग्दैन” उहाँले जिल्लाखबर डटकमसँग भन्नुभयो “अहिले ग्राभेल बिछ्याएर पेल्ने काम भैरहेको छ, अब छिटै कालोपत्रे गर्न सुरु हुन्छ ।” कालोपत्रेको लागि सामग्रीहरु ल्याउने काम भैरहेको र छिटै कालोपत्रे गरिने निर्माणको जिम्मा पाएको बिएमए निर्माण सेवाले जनाएको छ ।

गत असार मसान्तसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएपनि कोरोना र विविध कारणवश असार मसान्तमा काम नसकिएपछि आगामी पुस मसान्तसम्मको लागि म्याद थप गरिएको ईन्जिनियर सापकोटाले बताउनुभयो । कम्पनीले असार मसान्तसम्म २७ लाख भुक्तानी लगिसकेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो