Breaking News: कांग्रेस सभापतिको लागि फेरि मतदान हुने, देउवा र कोइराला बिच प्रतिस्पर्धा

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २८ मंसिर २०७८ ।

कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान हुने भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।

सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात २३ सय ४० मत आवश्यक थियो ।

तर, सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नुभएको छ । उहाँले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गर्नुभयो ।

मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने निर्वाचन समितिले जनाएको छ । अन्य पदकाे भने मतगणना सुरू नै गरिएकाे छैन । सभापतिकाे मतगणना सकेपछि परिणाम हेरेर दाेस्राे मतदान वा नगर्ने निश्चित भएपछि साेहि अनुसार गर्न अन्य पदकाे मतगणना नगरिएकाे निर्वाचन समितिले बताएकाे छ । अहिले अन्य मतपेटिका भने पार्टी कार्यलयमा लगिएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो