कुश्मिसेरामा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ मंसिर २०७८ ।

बागलुङको कुश्मिसेरामा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार ग्लोबल आइएमई बैंक कुश्मिसेरा शाखाको आयोजनामा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

आफ्ना ग्राहकहरुलाई बैंकिङ प्रणालीमा ल्याइएको बिभिन्न प्रविधिहरुको बारेमा जानकारी गराउन र पैसालाई कसरी सदुपयोग गर्ने भन्ने जानकारी दिन वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको ग्लोबल आइएमई बैंक कुश्मिसेरा शाखाका शाखा प्रवन्धक हरि प्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई मोबाईल बैंकिङ, ईन्टरनेट बैंकिङ, क्युआर कोड, मिस्डकल बैंकिङ, स्मार्ट काउन्टर लगाएतको बारेमा जानकारी गराइएको थियो ।

बैंकको बारेमा जानकारी दिँदै ग्लोबल आइएमई बैंकको गण्डकी प्रदेश संयोजक महेश सिलवालले जमाना अनुसार ग्लोबल बैंकले प्रविधिलाई अवलम्बन गरेकाले यसको उच्चतम प्रयोग गर्न आग्रह गर्नुभयो । समयको समेत बचत हुने भएकाले प्रविधिको प्रयोग गरी जीवनस्तर सहज बनाउन उहाँको सुझाव छ ।

कार्यक्रममा ग्लोबल आइएमई बैंक केन्द्रिय कार्यलयका प्रतिनिधि प्रकाश पौडेलले डिजिटल कारोबार कसरी गर्ने ? के कुरामा ध्यान दिनुपर्छ ? आफ्ना कारोबार कसरी सुरक्षीत गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । डिजिटल कारोबार र यसको उपयोगगिता बारे जानकारी दिँदै उहाँले अब पैसा खल्तीमा बोकेर हिँड्ने परिपाटीको अन्त्य गर्नुर्पो बताउनुभयो । पैसा साथमा बोक्दा नोटको अबमूल्य हुने भन्दै पौडेलले डिजिटल कारोबारलाई बढावा दिन आग्रह गर्नुभयो ।

अनुशिक्षण कार्यक्रममा ग्लोबल बैंकका ग्राहकहरु, शान्ति माध्यामिक विद्यालयका सहित नगर भित्रका बिभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, व्यापारी तथा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । सहभागीहरूले डिजिटल बैंकिङ प्रणालीका बिबिध विषयमा प्रश्न गरेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो