Breaking News: कुश्मिसेरा बजारको बाटो बन्द, बैकल्पिक बाटो प्रयोग गर्न आग्रह

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ पुस २०७८ ।

आज कुश्मिसेरा उपल्लोबजारको बाटो बन्द भएको छ । जैमिनी नगरपालिका वडा नं. १ स्थित कुश्मिसेराको उपल्लो बजारको सडक कालोपत्रे गर्न सुरु भएकाले बाटो बन्द गरिएकाे हो ।

आज बिहान साँढे १० बजेदेखि दिउँसो साँढे ४ बजेसम्म बाटो बन्द गरिने जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो । बाटो बन्द हुँदा कुश्मिसेरा हेल्थ सेन्टर हुँदै सामरुम्टा ठाडाखेतबाट कुश्मिसेरा उपल्लो बजारको छेउ निस्कने बैकल्पिक बाटो प्रयोग गर्न सकिने उहाँको भनाई छ ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा उपल्लोबजारमा अहलिे कालोपत्रे गर्ने काम सुरु भएको छ । बिएमए निर्माण सेवाले ५२ लाखमा ठेक्का पाएकोे कुश्मिसेरा उपल्लोबजारको सडक अहिले कालोपत्रेको काम सुरु भएको जैमिनी नगरपालिकाका ईन्जिनियर सापकोटाले बताउनुभयो । केहि मिटर ढलान सहित ३ सय ८० मिटर बाटो पक्की बनाउने गरी ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले अहिले धमाधम ग्राभेल बिछ्याउन सुरु गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो