जैमिनीमा एक पुरुषले आफ्नै गोठमा आगो लगाए, गोठ पूर्णरुपमा जलेर नष्ट

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ पुस २०७८ ।

बागलुङको जैमिनी नगरपालिका वडा नं ३ मा एक पुरुषले आफ्नै गोठमा आगो लगाएका छन् । जैमिनी नगरपालिका ३ थामा निवासी अन्दाजी ४३ बर्षीय लक्ष्मण सापकोटाले आफ्नै गोठमा आगो लगाएका हुन् ।

आगलागीबाट गोठमा भएका घाँस दाउरा र परालहरु जलेर नष्ट भएको छ भने मानवीय र पशु चौपाय भने क्षति नभएको प्रहरी चौकी कुश्मिसेराले जानकारी दिएको छ । घटनाबारे जानकारी पाएपछि शनिबार प्रहरीको टोली गएको थियो ।

उनले मादक पदार्थ सेवन गरी आगो लगाएको स्थानीयहरुले बताएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो