हिलो र धुलोबाट मुक्ति पाउँदै कुश्मिसेरा उपल्लो बजारबासी, सडकमा कालोपत्र बिछ्याउन सुरु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ पुस २०७८ ।

बागलुङको कुश्मिसेरा बजारको बाटोमा कालोपत्रे बिछ्याउने काम सुरु भएको छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा उपल्लोबजारको बाटो कालोपत्रे गर्न सुरु भएको हो ।

बिएमए निर्माण सेवाले ५२ लाखमा ठेक्का पाएकोे कुश्मिसेरा उपल्लो बजारको सडक अहिले कालोपत्रेको काम सुरु भएको जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो । केहि मिटर ढलान सहित ३ सय ८० मिटर बाटो पक्की बनाउने गरी ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले अहिले कालोपत्रे बिछ्याउन सुरु गरेको उहाँको भनाई छ ।

“उपल्लो बजारको पल्लो छेउमा थोरै काम बाहेक भौतिक काम पुरा भैसकेको छ, ठेकेदारले निरन्तर काम गरे र तापक्रमले साथ दिएमा धेरै समय लाग्दैन” उहाँले जिल्लाखबर डटकमसँग भन्नुभयो “अहिले कालोपत्रे हाल्ने काम भैरहेको छ, अब छिटै काम सम्पन्न हुन्छ ।” कालोपत्रेको लागि अलकत्रा पगाल्ने र बिछ्याउने काम भैरहेको निर्माणको जिम्मा पाएको बिएमए निर्माण सेवाले जनाएको छ । अहिले उपल्लाेबजार स्वामीकाे बाेटदेखि एकलाइन कालाेपत्रे बिछ्याउन सुरू भएकाे छ ।

सडक कालोपत्रे हुन थालेपछि कुश्मिसेरा उपल्लो बजारबासी खुशी भएका छन् । बर्खामा हिलो र हिउँदमा धुलोले वाक्क भएका बजारबासीहरुले कालोपत्रे भएपछि व्यापार बढ्ने आशा समेत गरेका छन् ।

कालोपत्रे गर्न सुरु भएकाले अहिले उपल्लोबजारको बाटो बन्द गरिएको छ । बाटो बन्द हुँदा कुश्मिसेरा हेल्थ सेन्टर हुँदै सामरुम्टा ठाडाखेतबाट कुश्मिसेरा उपल्लो बजारको छेउ निस्कने बैकल्पिक बाटो प्रयोग गर्न सकिने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो