दोस्रो जैमिनी महोत्सवको तयारी तिब्र, किन आउने महोत्सवमा ? यस्ता छन् विशेषता

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ पुस २०७८ ।

जैमिनीमा यस बर्ष हुने दोस्रो जैमिनी महोत्सवको तयारी तिब्र पारिएको छ । २०७५ सालमा प्रथम जैमिनी महोत्सव भएपछि कोरोनाका कारण प्रभावित भएको जैमिनी महोत्सव यस बर्ष कुश्मिसेरामा गर्न लागिएको हो ।

कुश्मिसेराको चर्चित माघे सक्रान्ति मेलालाई लक्षित गरी यो बर्ष पुस २६ गतेदेखि माघ ३ गतेसम्म महोत्सवको आयोजना गरिएको आयोजक सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । अहिले बिभिन्न संघसंस्था तथा कार्यलयहरुलाई पत्राचार गर्ने र प्रचारप्रसार गर्नेकाम भैरहेको उहाँको भनाई छ ।

सहारा क्लव कुश्मिसेराको आयोजना र जैमिनी नगरपालिकाको मुख्य सहयोगमा कुश्मिसेरा बजारमा हुने दोस्रो जैमिनी महोत्सवबाट आएको मुनाफाबाट सहारा खेल मैदानको स्तरोन्नति गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा असहाय तथा अपांगता भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिनेछ भने सुरक्षाको जोखिमलाई दृष्टिगत गरी महोत्सव स्थल र कुश्मिसेरा बजार क्षेत्रमा सिसिटिभी जडान गरिने आयोजक सहारा क्लवका अध्यक्ष सुनारले बताउनुभयो ।

महोत्समा १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको खुल्ला पुरुष मेयर कप भलिवल प्रतियोगिता आयोजना गएिको छ । प्रतियोगिताको द्वित्तीय पुरस्कार ८० हजार रुपैयाँ, तृतीय पुरस्कार ३० हजार रुपैयाँ र सान्तवना पुरस्कार २० हजार रुपैयाँ रहेको आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

यस्तै महोत्सवकै अवसरमा ३५ हजार रुपैयाँ राशीको खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको पनि आयोजना गरिएको छ । प्रथम जैमिनी महोत्सवमा नभएको यो प्रतियोगिता यस बर्ष राख्न लागिएको क्लवका अध्यक्ष सुनारले जानकारी दिनुभयो । खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको द्वित्तीय पुरस्कार १७ हजार, तृतीय पुरस्कार ८ हजार र सान्तवना पुरस्कार ५ हजार रुपैयाँ रहेको छ ।

महोत्सवमा खुुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, खुल्ला पुरुष बि लेभल ब्याडमिन्टन प्रतियोगिता, वडा स्तरीय रत्यौली प्रतियोगिता, वडा स्तरीय भजन प्रतियोगिता, माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, जैमिनी डान्स आईडल, कृषि उपज तथा पशु प्रदर्शनी, भजन, सोरठी, सालैजो, यानिमाया, झ्याउरे सहितको झाँकी, हस्तकला प्रदर्शनी सहित रमाइलो मेला र ख्यातिप्राप्त कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमहरु गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवको तयारी सुरु भएको जानकारी दिँदै आयोजक संस्थाले मेलामा प्रायोजन तथा सहयोग गर्ने संस्था तथा सहयोगीहरुलाई बिभिन्न सुविधाहरु प्रदान गर्ने जनाएको छ ।

सहारा खेल मैदान जैमिनी नगरपालिका २ दुर्लेवेशीमा हुने महोत्सवमा १ लाख ५० हजार दर्शक आउने र ४२ लाख आम्दानी खर्च हुने अनुमान गरिएको छ । महोत्वका लागि बिभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग र पुरस्कार प्रायोजन गर्नको लागि प्रतिवद्धता जनाएका छन् । महोत्सवको मिडिया पार्टनरको रुपमा जैमिनी नगरपालिका १ कुश्मिसेरा बागलुङमा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज रहेको छ । जिल्लाखबर डटकम सहित स्थानीय रेडियो र पत्रपत्रिकाहरु मिडिया सहयोगीको रुपमा रहेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो