बागलुङको राङ्खानीमा सुचिकृत बेरोजगारहरुलाई अभिमूखिकरण कार्यक्रम सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १२ पुस २०७८ ।

बागलुङको राङ्खानीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत बेरोजगारहरुलाई अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार जैमिनी नगरपालिका १० राङ्खानीमा राङ्खानीबाट रोजगारीको लागि निवेदन दिएकाहरुमध्येबाट प्राथमिकिकरणमा परेका बेरोजगारहरुलाई अभिमूखिकरण गरिएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य, बेरोजगारहरुको काम, कामको समयमा गर्नुपर्ने विविध कार्य र क्षेत्रको बारेमा अभिमूखिकरण गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सुरेश पुनले जानकारी दिनुभयो । राङ्खानीमा ९२ जना सुचिकृत बेरोजगारमध्ये २२ जना प्राथमिकतामा परेका छन् ।

जैमिनी नगरपालिकाभर ८ सय ९० जना सुचिकृत बेरोजगार रहेको र तीमध्ये २ सय ३ जना प्राथमिकतामा परेको संयोजक पुनले बताउनुभयो । जैमिनी नगरपालिकामा चालु आर्थिक बर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरु सुरु हुन थालेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो