जैमिनी महोत्सवमा चर्चित कलाकार राजु परियार र शिव परियार आउने, जीवन शर्माकाे पनि प्रस्तुति

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १३ पुस २०७८ ।

जैमिनी महोत्सवमा लोक दोहोरी गायक राजु परियार र आधुनिक गायक शिव परियार आउनुहुने भएको छ । पुस २६ देखि माघ ३ गतेसम्म बागलुङको जैमिनी नगरपालिकाको कुश्मिसेरा स्थित दुर्लेवेशीमा हुने महोत्सवमा चर्चित कलाकार द्वय आउने पक्का भएको हो ।

कुश्मिसेराको चर्चित माघे सक्रान्ति मेलालाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा लोक दोहोरीका चर्चित कलाकार राजु परियार र आधुनिक विद्यातर्फ चर्चित कलाकार शिव परियारलाई ल्याउने तयारी भएको व्यवस्थापक सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रा.लि ले जानकारी दिएको छ । मेलाको अवसरमा जनगायक जीवन शर्मा को विशेष प्रस्तुतिका साथै ख्यातिप्राप्त कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ ।

सहारा क्लव कुश्मिसेराको आयोजना र जैमिनी नगरपालिकाको मुख्य सहयोगमा कुश्मिसेरा बजारमा हुने दोस्रो जैमिनी महोत्सवमा असहाय तथा अपांगता भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिने आयोजक सहारा क्लवका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो ।

महोत्सवमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको खुल्ला पुरुष मेयर कप भलिवल प्रतियोगिता आयोजना गएिको छ । प्रतियोगिताको द्वित्तीय पुरस्कार ८० हजार रुपैयाँ, तृतीय पुरस्कार ३० हजार रुपैयाँ र सान्तवना पुरस्कार २० हजार रुपैयाँ रहेको छ ।

यस्तै महोत्सवकै अवसरमा ३५ हजार रुपैयाँ राशीको खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको पनि आयोजना गरिएको छ । प्रथम जैमिनी महोत्सवमा नभएको यो प्रतियोगिता यस बर्ष राख्न लागिएको क्लवका अध्यक्ष सुनारले जानकारी दिनुभयो । खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको द्वित्तीय पुरस्कार १७ हजार, तृतीय पुरस्कार ८ हजार र सान्तवना पुरस्कार ५ हजार रुपैयाँ रहेको छ ।

महोत्सवमा खुुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, खुल्ला पुरुष बि लेभल ब्याडमिन्टन प्रतियोगिता, वडा स्तरीय रत्यौली प्रतियोगिता, वडा स्तरीय भजन प्रतियोगिता, माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, जैमिनी डान्स आईडल, कृषि उपज तथा पशु प्रदर्शनी, भजन, सोरठी, सालैजो, यानिमाया, झ्याउरे सहितको झाँकी, हस्तकला प्रदर्शनी सहित रमाइलो मेला र ख्यातिप्राप्त कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमहरु गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा सुरक्षाको जोखिमलाई दृष्टिगत गरी महोत्सव स्थल र कुश्मिसेरा बजार क्षेत्रमा सिसिटिभी जडान गरिने आयोजक सहारा क्लवले जनाएको छ ।

सहारा खेल मैदान जैमिनी नगरपालिका २ दुर्लेवेशीमा हुने महोत्सवमा १ लाख ५० हजार दर्शक आउने र ४२ लाख आम्दानी खर्च हुने अनुमान गरिएको छ । महोत्सवको मिडिया पार्टनरको रुपमा जैमिनी नगरपालिका १ कुश्मिसेरा बागलुङमा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज रहेको छ । जिल्लाखबर डटकम सहित स्थानीय रेडियो र पत्रपत्रिकाहरु मिडिया सहयोगीको रुपमा रहेका छन् ।

अहिले महोत्सवको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै महोत्सव स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गरिने छ ।

May be an image of 2 people, people standing and text


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो