माइकोस्थान युवा क्लव सिस्नेराको ५ औं बार्षिकोत्सव तथा पुसे मेला सम्पन्न, युवाहरूकाे भूमिकामा जाेड

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १९ पुस २०७८ ।

माइकोस्थान युवा क्लव सिस्नेराको ५ औं बार्षिकोत्सव तथा पुसे मेला सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवा स्थित सिस्नेरामा अवस्थित माइकोस्थान युवा क्लवको ५ औं बार्षिकोत्सव आइतबार सम्पन्न भएको हो ।

१३ गतेदेखि सुरु भएको कार्यक्रमको समापन समारोहको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि ईन्द्रराज पौडेलले युवाहरुले समाजका कुरीती र कुसस्कारहरुको अन्त्य गर्न भुमिका खेल्नुपर्ने बताउनुभयो । खेलकुदका कार्यक्रमले एक आपसमा भाइचाराको सम्बन्ध स्थापित हुने भन्दै उहाँले युवाहरु विदेश पलायन हुनबाट रोक्न गाउँघरमा यस्ताखाले क्लवहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने धारणा राख्नुभयो ।

No description available.

कार्यक्रममा जैमिनी नगरपालिका ४ सर्कुवाका वडाध्यक्ष चक्र बहादुर थापाले युवाहरुको लागि स्थानीय सरकार सहयोगी रहने भन्दै युवाहरुलाई रचनात्मक कार्यमा परिचालन गर्न सके वडा र पालिकाको मात्र नभएर देशकै विकास हुने बताउनुभयो । वडामा युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न युवालक्षित कार्यक्रमहरु ल्याएको उहाँको भनाई छ ।

नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले युवाहरुले अब जिम्मेवारी बहन गर्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । युवाहरुमा सामाजिक र राजनितिक चेत नआएसम्म देश विकासको सपना साकार हुन नसक्ने उहाँको धारणा छ ।

कार्यक्रममा भएको वडास्तरीय भलिवलको उपाधी साइनिङ स्टार युवा क्लव विनामारेले हात पारेको छ । आयोजक माइकोस्थान युवा क्लव ए समुहलाई पराजित गर्दै विनामारे बिजेता भएको क्लवका अध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो । विजेताले ४० हजार र उप विजेताले २५ हजार रुपैयाँ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

११ गते सुरु गरेर १५ गते मूल समारोह गर्ने भनिएपनि बेमौसमी बर्षाका कारण कार्यक्रमको तालिका अनुसार गर्न नसकिएकाले १८ गते मूल समारोह आयोजना गरिएको आयोजकले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो