दक्षिण बागलुङको तीन पालिकामा बाख्रा जोन कार्यक्रम लागु, ९ सदस्यीय जोन समन्वय समिति गठन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २१ पुस २०७८ ।

कुश्मिसेरामा बाख्रा जोन कार्यक्रम सम्बन्धी अभिमूखिकरण कार्यक्रम तथा जोन समन्वय समिति गठन सोमबार सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन इकाई बागलुङको आयोजनामा बाख्रा जोन कार्यक्रम सञ्चालन हुने क्षेत्रका नागरिकहरुसंग अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

बागलुङको जैमिनी नगरपालिका, बरेङ गाउँपालिकाका सबै वडा र बागलुङ नगरपालिकाको वडा नम्बर १२, १३ र १४ मा बाख्रा जोन कार्यक्रम लागु गरिने भएकाले यस क्षेत्रका नागरिकहरुलाई अभिमूखिकरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन इकाई बागलुङका बरिष्ठ कृषि अधिकृत सुसिल पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले कृषकहरु अनुदानमूखि नभएर व्यवसायमूखि बन्नुपर्ने धारणा राख्नुभयो । राज्यले पत्याउने तरिकाले कृषिमा लगानी गरे कृषकको लगानी राज्यले संरक्षण गर्ने भन्दै उहाँले कृषिमा निर्वाहमूखि तरिकाले सबै काम गर्नुभन्दा एउटा क्षेत्रलाई महत्व दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमको अवसरमा जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले यस्ताखाले कार्यक्रमले नगरपालिका समृद्ध बन्न मद्धत पुग्ने धारणा राख्नुभयो । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले कृषकहरुले व्यवसाय गर्न खोजे सरकार संधै कृषकको साथमा रहेको बताउनुभयो ।

कृषकका उत्पादनहरु बजारसम्म पुराउने र किसानलाई प्रतिफलमा आधारित कृषि प्रणाली प्रति प्रोत्सहन गर्ने परियोजनाको लक्ष्य रहेको प्राविधिक शर्माले बताउनुभयो ।

कार्यक्रममा जैमिनी, बरेङ र बागलुङ नगरपालिकाका करिव १ सय भन्दा बढी बाख्रापालक कृषकहरुको सहभागिता रहेको थियो ।

सोहि कार्यक्रमको भेलाबाट बरेङ गाउँपालिकाका होम बहादुर पुनको संयोजकत्वमा ९ सदस्यीय जोन समन्वय समितिको गठन भएको छ । समितिको सदस्यहरुमा जैमिनी नगरपालिकाको तर्फबाट मन बहादुर श्रीस, सपना पुन, कर्ण बहादुर बि.क र लिला देवी थापा रहनुभएको छ । यस्तै बरेङ गाउँपालिकाको तर्फबाट बिरेन्द्र श्रेष्ठ र मिना कुमारी थापा, बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ को तर्फबाट चक्रपाणी अधिकारी र हरि प्रसाद पौडेल सदस्य रहनुभएको छ । समन्वय समितिमा जैमिनी नगरपालिकाको तर्फबाट ४ जना, बरेङ गाउँपालिकाको तर्फबाट ३ जना र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रबाट २ जना रहनुभएको छ ।

परियोजना कार्यन्वयन हुने क्षेत्रका बाख्रापालक कृषकहरुको समुहबाट समन्वय समिति गठन गरेर काम गर्दा प्रभावकारी हुने भएकाले समिति गठन गरिएको प्राविधिकहरुले जानकारी दिएका छन् ।

कार्यत्रममा परियोजना कार्यन्वयन इकाईका प्राविधिक सुजित पौडेल र नारायण पौडेलले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको परिचय, समन्वय समितिको भुमिका र वजेटको बारेमा जानकारी गराउनुभएको थियो । कृषकहरुले समयमा मल विउ नपाउने, बजार अभाव भएको र सरकारी अनुदानको बारेमा जिज्ञासा राखेका थिए ।

बाख्रा जोन कार्यक्रमका लागि १ सय १० वटा निवेदन परेका छन् । अब यसबाट छनोट गरी यो बर्षको कार्यक्रम लागु हुने परियोजना कार्यन्वयन इकाई बागलुङले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो