जैमिनी महोत्सवको चौथो दिनः मेयर कप भलिवलको उद्घाटन, महिला भलिवल सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, २९ पुस २०७८ ।

जैमिनी महोत्सवको चौथो दिन आज राजु परियारको प्रस्तुति संगै विविध कार्यक्रमहरु भएको छ । महोत्सवमा आज लोक सम्राटको उपाधि पाउन सफल लोक दोहोरी गायक राजु परियार सहितको प्रस्तुति सँगै विविध कार्यक्रमहरु सञ्चालन भएको हो ।

बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा सञ्चालन भैरहेको महोत्सवमा आज मेयर कप भलिवल प्रतियोगिताको उद्घाटन भएको र उप मेयर कप खुल्ला महिला भलिवल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

खुल्ला उप मेयर कप भलिवलको उपाधि गलकोटले जितेको छ । फाइनल खेल खेलेको बागलुङलाई हराउँदै गलकोटले उपाधि हात पारेको हो । प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार रुपैयाँ, द्वित्तीय पुरस्कार १७ हजार, तृतीय पुरस्कार ८ हजार र सान्तवना पुरस्कार ५ हजार रुपैयाँ रहेको छ ।

बिहिबार नै रत्यौली प्रतियोगिता, जैमिनी डान्स आइडल सहितका कार्यक्रमहरु भएको आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ । “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुद्वारा दैनिक साँस्कृतिक प्रस्तुतिहरु भैरहेको छ ।

कार्यक्रममा जैमिनी नगरपालिकाका बिभिन्न वडाका कृषकहरुले उत्पादन गरेका बिभिन्न खाद्यन्न, नगदे तथा तरकारी तथा फलफुल बालीहरु प्रदर्शनीमा राखिएको छ । स्टलमा कृषकहरुले उत्पादन गरेको अदुवा, बेसार, काउली, फर्सी, बन्दा, मुला, रायो, मास, सिलटुङ, धनियाँ लगाएतका तरकारी, सुन्तला, एभोकाडो लगाएतका फलफुल सहित कोदो, मकै लगाएतका रैथाने खाद्य बालीहरु प्रदर्शनमा राखेको जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्माले जानकारी दिनुभयो । प्रदर्शनीमा राखिएका उत्कृष्ट कृषि बालीका कृषकहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवमा शुक्रबार देखि पशु प्रदर्शनीको स्टल पनि रहनेछ ।

krishi

पुस २६ गतेदेखि सुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । कोरोना जोखिम नहोस् भनेर महोत्सव स्थलको मुल गेटमा सेनिटाइजर र हात धुने साबुनपानीको व्यवस्था गरिएको छ । महोत्सव स्थलमा मास्क अनिवार्य गरिएको छ भने बजार क्षेत्रमा पनि मास्क विना हिँडडुल गर्न नपाइने नियम बनाइएको छ ।

महोत्सवमा असहाय तथा अपांगता भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिनेछ भने सुरक्षाको जोखिम नहोस् भनेर महोत्सव स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

कार्यक्रममा राजु परियार सहित विक्रम जंग शाह, काजल गुरुङ, पवित्रा काफ्ले, हास्य कलाकार सुमन विसी लगाएतको प्रस्तुति रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो