परेवा उडाएर महोत्सवको उद्घाटन, दक्षिणी भेगले बिकास पाएनः पूर्व जिविस सभापति थापा

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ माघ २०७८ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बागलुङ जिल्ला बिकास समितिका पूर्व सभापति लिल बहादुर थापा मगरले दक्षिणीभेगको बिकास हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका १ कुश्मिसेरामा सञ्चालित दोश्रो जैमिन्ी महोत्सवको मूल समारोहको उद्घाटन गर्दै थापाले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

आफूहरुले दक्षिणी भेगको बिकासका लागि ठुलो कष्ट गर्नुपरेको सम्झना गर्दै थापाले उतिबेलाको बिकास हेर्दा अहिले सन्तोषजनक अवस्था नभएको धारणा राख्नुभयो । “पहिले त्यति संघर्ष गरेर दक्षिणी भेगमा मोटरबाटो खनियो तर अहिले सामान्य स्तरोन्नति भनदा खासै फरक परेको छैन” थापाले भन्नुभयो “बिकास नभएको त भन्न मिल्दैन तर जति हुनुपथ्र्यो त्यति चाहिँ भएन ।”

नेता थापा मगरले शान्तिको प्रतिक परेवा उडाएर र पानसमा दीप प्रज्वलन गरी महोत्सव मूल समाराेहको उद्घाटन गर्नुभएको थियो ।

पुस २६ गतेदेखि सुरु भएको महोत्सवको मुख्य दिन आज दर्शकहरुको बाक्लो उपस्थिति रहेको छ । बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मूल गेटमा मास्क र सेनिटाइजरको अनिवार्य व्यवस्था गरिएको छ । कार्यक्रमको अवसरमा बिभिन्न कृषि तथा पशु प्रदर्शनी संगै अर्गानिक खानाको स्वाद लिन सकिनेछ ।

मारुनी सामुदायिक होमस्टे जैमिनी ३ कालापातालको समुहले लोकल र अर्गानिक खाजाको व्यवस्था गरेको छ । अहिले अर्गानिक खाजा दर्शकहरुको रोजाइमा परेको छ ।

कोरोनाको जोखिम बढ्दै गएको र जिल्ला प्रशासन कार्यलयले पनि मेला महोत्सव गर्दा सावधानी अपनाउन भनेपछि महोत्सवको अवधि छोट्याएको आयोजक सहारा क्लव कुश्मिसेराले जानकारी दिएको छ । महोत्सव भोलि समापन हुँदैछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो