आकाशमै ढोका खुलेपछि गुण एयरकाे जहाज काठमाडौं फर्काइयाे, प्राविधिक परिक्षण सुरू

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, २ माघ २०७८ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । आकाशमै हवाईजहाजको ढोका खुलेपछि यात्रुलाई पुनः विमानस्थलमै फर्काइएको हाे ।

आज बिहान १० बजेतिर उडेको जहाजको ढोका लक गर्ने ठाउँमा समस्या देखिएपछि फेरि काठमाण्डौमा नै फर्काइएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । काठमाण्डौबाट उडेको ५ मिनेटमै जहाजको ढोका खुलेपछि फेरी काठमाण्डौ नै फर्काइएको थियाे ।

हिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले बताउनुभयो । यात्रुलाई अर्को हवाई जहाजबाट पोखरा पठाएको छ । जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो