जानीजानी आफूलाई कोरोना भाइरस सारेकी एक गायिकाको मृत्यु

याे सामग्री सेअर गर्नुहाेस्

चेक रिपब्लिक, ६ माघ २०७८ ।

जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोकगायिकाको मृत्यु भएको छ । उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेशका लागि हालै कोभिड भएर निको भएका मानिसलाई दिइने ‘रिकभरी पास’ पाउन उनी सङ्क्रमित भएको बताएका छन्।

सन्ताउन्न वर्षीया हाना होर्काले कोभिड-१९ विरुद्धको खोप लगाएकी थिइनन्। परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन्। तर त्यसको दुई दिन पछि उनको मृत्यु भयो।

हाना होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध थिइन्। छोरा रेकका अनुसार हाना होर्का हिँडडुलमा अवरोध कम होस् भनेर आफूलाई सङ्क्रमण सार्न चाहन्थिन्।

आइतवार बिहान उनले आफूलाई सन्चो हुँदै गरेको भन्दै घुमेर आउन लुगा समेत लगाएकी थिइन्। तर अचानक ढाड दुखेर समस्या आएपछि उनी ओछ्यानमा सुतिन्। “त्यसको १० मिनेटमै सबै सकियो। उनको श्वास अवरुद्ध भयो र मृत्यु भयो,” छोराले भने।

खोपबारे फैलिएका अफवाहमा विश्वास गरेका कारण आफ्नी आमाले खोप नलगाएको भन्ने कुरा सत्य नभएको छाेरा रेकको भनाइ छ।

श्राेतः बिबिसी


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो