Breaking News: जैमिनीमा पनि देखियो कोरोना, नगरपालिकाका एक जनामा संक्रमण पुष्टि

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ माघ २०७८ ।

जैमिनीमा एक जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । बिहिबार सामान्य लक्षण देखिएका एक जनाको एन्टिजेन परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुने जैमिनी नगरपालिकाका पुरुष कर्मचारी रहेको जैमिनी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमण भएका कर्मचारी यसअघि कतै नगएको र कन्ट्याक्ट ट्रेसिङमा पनि नपरेको स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

कोरोना संक्रमित देखिएपछि जैमिनी बासीहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । अब संक्रमितको सम्पर्कमा आएकाहरुको परिक्षण गरिने बताइएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो