प्रेम थापाका चार मुक्तकः आमाकाे मनदेखि सिंहदरबार सम्म

याे सामग्री सेअर गर्नुहाेस्

प्रेम थापाका चार मुक्तक

मुक्तक १
सिंहदरबार आयो भन्थ्यौ,गाउँघर देउराली उस्तै छ
मेरो सधैंको दौडधुप सङ्घर्षशील जिन्दगी उस्तै छ
तिमीले शिरमा पगरी गुथ्यौ, अनेक कुराहरू कथ्यौ
समय ढल्के पनि घिसारिएको देख्ने सपनी उस्तै छ ।

 

मुक्तक २
ए ! नजिस्काऊ परिस्थितिको सिकारी बुझ्नु पर्थ्यो
होस्ल्याङ्ग नभईकन आफ्नो जिन्दगी बुझ्नु पर्थ्यो
खाली पैतलामा काँडा बिझ्छ भन्ने नसम्झिने तिमीले
हरेकको उस्तै चल्ने मुटुको ढुकढुकी बुझ्नु पर्थ्यो ।

 

मुक्तक ३
रंगमञ्चमा एक नाटक मञ्चन अनौठो थियो
सबै पात्रहरूको चारित्रिक पन अनौठो थियो
महलहरूको रमझममा झुपडीको कथा थिएन
कुर्लेका रक्तपिपासुहरूको मन अनौठो थियो ।

 

मुक्तक ४
आमा छिन् मेला मसिना भोको पेट भर्छ कसरी ?
विचरा झिनो लिँदै आशमा जिन्दगी टर्छ कसरी ?
लामो सुस्केरा तान्दै घरमा आउछिन् एक्ली आमा
अगचको भारी, जिउ लतारी जङ्घार तर्छ कसरी ?

लेखक
प्रेम थापा “मन”
जैमिनी नगरपालिका ४ बागलुङ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो