बदली भैरहेकाे मौसम अझै केही दिन सुधार नहुने, यस्ताे छ माैसमी तालिका

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, १७ माघ २०७८ ।

बदली भैरहेकाे मौसम अझै केही दिन सुधार नहुने भएकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने देखिएाे हाे ।

साेमवार प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भागका ठाउँमा हल्का हिमपातको समेत सम्भावना छ ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण अझै केही दिन देशको धेरैजसाे भागमा आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो