जैमिनीमा मिनीटेलर मर्मत सम्बन्धी दश दिने तालिम सम्पन्न, बिग्रेका हलो निशुल्क मर्मत

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १९ माघ २०७८ ।

बागलुङको जैमिनीमा मिनीटेलर मर्मत सम्बन्धी दश दिने तालिम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा भएको तालिममा कृषकहरुलाई मिनिटेलर बिग्रिएमा कसरी मर्मत गर्ने, सामग्रीहरुको पहिचान कसरी गर्ने लगाएतका विषयमा जानकारी गराइएको थियो । जैमिनी नगरपालिकाको दशवटै वडाका कम्तिमा एक एक जना गरी २१ जनाको सहभागिता रहेको तालिमको सहजीकरण प्राविधिक बलाराम लामिछानेले गर्नुभएको थियो ।

कृषि मेसिनरी औजार मर्मत तालिम अवधिभर कृषकहरुका बिग्रिएका कृषि औजार निशुल्क मर्मत सम्भार समेत गरिएकोे जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्माले जानकारी दिनुभयो । यस अघि कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र पोखराको आयोजना र जैमिनी नगरपालिकाको समन्वयमा माघ ३ गतेदेखि ८ गतेसम्म यस्तै तालिम सञ्चालन भएको थियो । अघिल्लो तालिममा सहभागी भएकाहरु यस तालिममा सहभागी नभएको शर्माको भनाई छ ।

तालिमको समापन कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले सिप सिकेपछि अरुलाई पनि सिकाउने वा आवश्यक पर्दा सहयोग गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । नगरपालिकाले अनुदानमा दिएका कृषि सामग्रीहरु बिग्रिएर प्रयोग बिहिन बनेको अवस्थामा पनि अब यो जनशक्तिले मर्मत गर्न सक्ने भएकाले अनुदानको समेत सदुपयोग हुने उहाँको आशा छ ।

यस्तै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले कृषि भनेको नेपालको प्रमुख पेशा भएकाले यस क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । अब कृषकहरु निर्वाहमूखि नभई व्यवसायमूखि बन्नुपर्ने भन्दै सिकेको सिप सबैलाई बाँढ्न आग्रह समेत गर्नुभएको छ ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो