जैमिनीको गाजा दह सहित बिभिन्न ठाउँमा हिमपात, चिसोले जनजिवन कष्टकर

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २१ माघ २०७८ ।

बागलुङको जैमिनी नगरपालिकाको बिभिन्न ठाउँमा हिमपात भएको छ । पर्यटकीय स्थल जैमिनी नगरपालिका ३ गाजा दह, गाजाको धुरी, हाँडिकोट सहित माथिल्लो भेगमा हिपात भएको हो ।

हिमपात भएपछि जनजिवन प्रभावित भएको छ । गाजा दह, गाजाको धुरी सहित उपल्लो दमेकको तल्लो भेगसम्म हिउँले सेताम्य भएको छ । यस्तै हाँडिकोट, बिहारथला, नामदुक सहित राङ्खानीको बिभिन्न ठाउँमा हिमपात भएको स्थानीयहरुले बताएका छन् ।

जैमिनीको उच्च भेगहरुमा हिमपात भएपछि कुश्मिसेरा बजार क्षेत्रमा पनि चिसो बढेको छ । हिउँले डाँडा सेतै देखिएपछि अहिले आन्तरिक पर्यटकहरु त्यसतर्फ आकर्षित भएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो