विद्युतीय राहदानीमा समेत विचाैलियाकाे पहुँच, फर्म कीर्ते गरी ठगी गर्ने तीन जना पक्राउ

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २२ माघ २०७८ ।

नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म कीर्ते गरी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । राहदानीको अनलाइन फर्म कीर्ते गरी सेवाग्राहीबाट रकम असुल उपर गरेको गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरमा रहेको राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीबाट रकम लिने सिन्धुपाल्चोक जुगल गाउँपालिकाका दिनेश तामाङ, लमजुङ बेशीसहर नगरपालिकाका नवीनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका यमबहादुर थापामगरलाई बिहीवार पक्राउ गरी सार्वजनिक गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो