बागलुङको बिनामारेमा साबुन बनाउने तालिम सम्पन्न, अन्य दुई वटा तालिम सुरु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ माघ २०७८ ।

बागलुङको बिनामारेमा साबुन बनाउने तालिम आइतबार सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजना उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आर्थिक सहयोग र जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेको व्यवस्थापनमा साबुन बनाउने सम्बन्धी पाँच दिने तालिम सञ्चालन भएको हो ।

गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन भएको थियो । कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले सिकेको सीपहरुबाट सफल उद्यमी बन्न सकिने हुँदा सिकेको सीपलाई निरन्तरता दिई स्वरोजगार हुनुपर्नेमा जोड दिनुभयोे । वडा नं. ५ बिनामारेका वडाअध्यक्ष गोपाल प्रसाद शर्माले सीप सिकेर मात्र नहुने हुँदा निरन्तरता दिन स्वरोजगार भई आम्दानीसँग जोडिन सुझाव दिनुभयो ।
उक्त तालिममा १३ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुले ट्वाइलेट क्लिनर, फिनायल, लुगा धुने साबुन, तीतेपाती र घ्युकुमारीका साबुन बनाउन सिकेका थिए ।

यस्तै साबुन बनाउने तालिमको समापनसँगै आधारभुत सिलाईकटाई र इलेक्ट्रोनिक्स तालिमको समेत उद्घाटन समेत गरिएको छ । उक्त तालिम दुई महिना चल्नेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो