जैमिनीमा ढाका बुनाई र बुटिक सम्बन्धी तालिम सम्पन्न, सिपलाई प्रयोग गर्न आग्रह

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १३ फागुन २०७८ ।

ढाका बुनाई र बुटिक सम्बन्धी तालिम बागलुङको जैदीमा सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन भएको तालिम बिहिबार समापन भएको हो ।

तालिमको समापन कार्यक्रममा जैमिनी नगरपालिका ७ जैदीका वडा अध्यक्ष जीत बहादुर रानाले तालिममा सिकेका सिपको सदुपयोग गर्दै स्वरोजगार र आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । यस्ताखाले तालिम र सिपको माध्यमबाट व्यवसायी बन्न सके आर्थिक उपार्जनमा समेत टेवा पुग्ने भन्दै उहाँले यसको सदुपयोग भएमा थप तालिम तथा सिपमूलक क्रियाकलापहरु सञ्चालन गर्नका लागि सहयोग लिन र माग्न सकिने बताउनुभयो ।

कार्यक्रममा जैदी स्वास्थ्यचौकीका प्रमुख झलकराज आचार्यले सामुहिक भावनाका साथ सिकेको सीपलाई व्यवहारमा उतार्न सकेमा यसको प्रभावकारीता बढ्ने बताउनुभयो । लघुउद्यम विकास कार्यक्रमका फोकल पर्सन देवी वि.क.ले तालिममा सिकेका सीपहरुलाई आयआर्जनका लागि प्रयोग गर्न सुझाव दिनुभयो । सिकेका कुराहरुलाई निरन्तरता दिदै दिगो बनाउन र सिर्जनशिल हुन उहाँले सहभागिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट तेजमाया राना र दुर्गा नेपालीले आफूहरुले सिकेको सीपलाई व्यवहारमा लगेर आत्मनिर्भर हुदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रशिक्षकद्वय बिमला राना र अमृता थापाले आफूहरुसँग भएको सीप सिकाएको र कुनै पनि सहयोग चाहिएमा सदैव सहयोग गर्न तयार रहेको बताउनुभएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागी र प्रशिक्षकहरुलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो । उक्त तालिम मध्ये ढाका बुनाई ४५ दिन र बुटिक सम्बन्धी तालिम ३५ दिन सञ्चालन भएको थियो भने हाल जैदीमा नै सिलाईकटाई सम्बन्धी तालिम चलिरहेको छ ।

जैमिनी नगरपालिकाको आयोजना, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आर्थिक सहयोग र जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीको व्यवस्थापनमा तालिम सञ्चालन भएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो