जैमिनीमा पनि मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस, महिलाहरुको हक सुचिश्चित गर्न माग

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ फागुन २०७८ ।

जैमिनीमा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । “सामाजिक न्याय र लैङ्गीक समानताः दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ मंगलबार जैमिनी नगरपालिका १ कुश्मिसेरामा सो दिवस मनाइएको हो ।

जैमिनी नगरपालिकाको आयोजनामा भएको कार्यक्रमका अधिकांश महिला वक्ताहरुले कानुनमा व्यवस्था भए अनुुुसार महिलाका हक अधिकारको सुनिश्चितता हुनुपर्ने, महिलामाथि भैरहेका हत्या, हिंसा, बलात्कार जस्ता घटना रोकिनुपर्ने र महिलाहरु नडराइ स-सम्मान साथ हिड्न र बाच्न पाउने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिएका छन् । महिलाहरु आर्थिक रुपमा सवल र सक्षम बनाउने खालका कार्यक्रम ल्याउन सहभागीहरुले राज्यसँग माग गरेका छन् ।

कार्यक्रममा जैमिनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष गोपाल प्रसाद शर्माले महिलालाई सम्मान र इज्जत दिनुपर्ने, महिलाहरु समान प्रतिनिधित्वको रुपमा मात्रै नभएर नेतृत्वमा आउनुपर्ने धारणा राख्नुभयो । जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले महिलाहरुको सोचमा परिवर्तन गरेर अगाडि नबढेसम्म कानुनले व्यबस्था गरेका हक र अधिकार पनि पाप्त गर्न कठिन हुने धारणा राख्दै राज्यका मौलिक हकमा उल्लेख भएका महिलाको हक अधिकारको व्यवस्थाबारे जानकारी गराउनुभयो ।

कार्यक्रमकी अध्यक्ष तथा एक नम्बर वडाकी वडा सदस्य तुलसीदेवी पाध्यानीले आफू जनप्रतिनिधि भएर गर्नुपर्ने र सकेको काम गरेको भन्दै महिला स्वास्थ्य स्वंयसेविकाको काम अनुकणीय भएको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रमकाे सहजिकरण जैमिनी नगरपालिका महिला तथा सामाजिक विकास शाखाकी शाखा प्रमुख देवी विकले गर्नुभएकाे थियाे ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संस्थाका महिला प्रतिनिधि, सु-आहाराका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो । कुश्मिसेरा तल्लो बजारबाट विभिन्न नारा सहित निस्केको र्‍याली बजार परिक्रमा गरी एक नम्बर वडामा गई कोण सभामा परिणत भएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो