सर्कुवामा युवा नेतृत्व विकास तालिम सम्पन्न, युवाहरु उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्नेमा जाेड

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १२ चैत २०७८ ।

बागलुङको सर्कुवामा युवा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । जैमिनी नगरपालिका वडा नं ४ सर्कुवाको आयोजनामा वडाभित्रका युवाहरुको लागि नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको हो ।

जनता माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु सहित वडाका युवाहरुलाई सचेतना र नेतृत्व क्षमता विकास गर्न तालिमको आयोजना गरिएको वडा नं ४ का वडाध्यक्ष चक्र बहादुर थापाले जानकारी दिनुभयो । वडाका युवाहरु गलत बाटोतर्फ नफसुन् भनेर यस्ताखाले तालिमको आयोजना गरिएको उहाँको भनाई छ ।

तालिममा नेतृत्वमा युवाहरुको आवश्यकता, युवाहरुको चाहना, दुर्वसनीमा पर्ने जोखिम र नेपालमा युवाहरुको अवस्था लगाएत विषयमा शुभेक्षा एफएम ९६.६ मेगाहर्ज कुश्मिसेराका प्रवन्ध निर्देशक सुजन प्रेमी र जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले प्रशिक्षण दिनुभएको थियो ।

युवाहरुले नेतृत्व लिँदा हुने फाइदा, युवाहरु सफल हुने बाटोहरु र असफल हुने कारण सहितका विषयमा प्रशिक्षण दिँदै प्रशिक्षक सुजन प्रेमीले युवाहरुको मानसिक अवस्था नथाक्ने भएकाले यो उमेरमा जस्तोसुकै काम गर्न पनि सकिने बताउनुभयो । उर्जासिल अवस्थालाई उत्पादनशिल क्षेत्रमा लगाउन आग्रह गर्दै उहाँले नियम कानुन पालन गर्दा सभ्य हुने भएकाले गलत गरेर ठुलो हुन्छु भनेर नसोच्न आग्रह गर्नुभयो ।

अर्का प्रशिक्षक सुर्य बहादुर विकले अहिले युवाहरु कुलतमा फस्ने झम बढिरहेकाले यसबाट टाढा रहन आग्रह गर्नुभयो । अधिकांश युवा उमेरमा नै गलत बाटोतर्फ गएको भन्दै उहाँले युवाहरुलाई घर परिवारको रेखदेख हुनुपर्ने बताउनुभयो । नेपालमा विग्रिने र गलत बाटो समातेका युवाहरुको जमात बढ्दै गएको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले युवाहरुको लागि राज्यले पनि लगानी गरिरहेकाले यसको उपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी किसान नेपाली र वडा सदस्य चन्द्र बहादुर क्षेत्रीले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । तालिममा जनता मा.वि. सर्कुवाका विद्यार्थी सहित विभिन्न टोलका युवाहरु गरी एकसय जनाको उपस्थिति रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो