जैमिनीमा २१ हजार भन्दा बढिले हात्तिपाइले विरुद्धको औषधि खाए, प्रमाणको लागि कार्ड वितरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ चैत २०७८ ।

जैमिनीमा २१ हजार भन्दा बढिले हात्तिपाइले विरुद्धको औषधि खाएका छन् । बागलुङ जिल्लाभर १३ औं पटक हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानमा जैमिनीका २१ हजार सात सय ५१ जनाले औषधि सेवन गरेका हुन् ।

जैमिनी नगरपालिकाका १० वटै वडाबाट प्राप्त तथ्यांक अनुसार ११ हजार आठ सय १३ जना महिला र नौ हजार नौ सय ३८ जना पुरुष गरी २१ हजार सात सय ५१ जनाले औषधि सेवन गरेको स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । गत फागुन २८ गतेदेखि अभियान चलाएर हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइएको र छुटेकाहरुलाई अहिले पनि औषधि सेवन गराउने उहाँको भनाई छ ।

स्वास्थ्य शाखाले जैमिनी नगरपालिकाको केन्द्र रहेको वडा नं १ मा औषधि सेवन गर्नेहरुलाई औषधि खाएको कार्ड समेत उपलब्ध गराएको छ ।

बागुङमा २०६६ सालदेखि लगातार हात्तिपाइले विरुद्धको औषधि खुवाइएको छ । सामान्यतया ४ देखि ६ बर्ष औषधि खुवाएपछि हात्तिपाइले निवारण हुनुपर्नेमा नागरिकहरुले अटेरी गरेर औषधि सेवन नगर्दा १३ औं पटक खुवाउनु परेको स्वास्थ्य कार्यलय बागलुङले जनाएको छ ।

बागलुङमा कुल परीक्षण गरिएका ३ सय जना मध्ये २ प्रतिशतभन्दा बढी अर्थात अझै पनि १० जनाभन्दा बढीमा हात्तिपाइले रोग देखिएको छ । विश्व स्वास्थ्य संगठनले २ प्रतिशत बढी संख्या भएमा रोग निवारण नभएको मानेर औषधि खुवाउनुपर्ने प्रावधान राखेको छ ।

बागलुङ नगरपालिका वडा नं -१४ को नारायणस्थान र जैमिनी नगरपालिका वडा नं -१ को कुश्मिसेरामा हात्तिपाइलेका रोगी देखिएका छन् । हात्तिपाइले रोग लागेपछि खुट्टा सुनिने, संक्रमण हुने र पछिल्लो समयमा हिंड्न डुल्नै नसक्ने र खुट्टा झर्ने सम्मको समस्या हुने गर्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो