जैमिनीमा दुईदिने सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सुरु, ४० सहकारीका प्रतिनिधि सहभागी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १८ चैत २०७८ ।

बागलुङको कुश्मिसेरामा सहकारी तथा वित्तीय व्यवस्थापन तालिम सुरु भएको छ । जैमिनी नगरपालिकाको आयोजना र सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शुक्रबारबाट तालिम सुरु भएको हो ।

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जैमिनी नगरपालिकामा सञ्चालित सहकारीका सञ्चालक र व्यवस्थापकहरुलाई दुई दिने तालिम दिन लागिएको सिवाईसी बचत तथा ऋण सहकारी संस्था जैमिनी सेवा केन्द्रका सेवाकेन्द्र प्रमुख बाबुराम आचार्यले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । सहकारीका शेयर सदस्यहरुलाई कसरी प्रभावकारी सेवा दिने लगाएतका विषयमा तालिम केन्द्रित हुनेछ ।

उद्घाटन सत्रमा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले सहकारी संस्थाहरुले जैमिनीमा गरिवी निवारण गर्न योगदान पुराएको भन्दै सहकारीले क्षेत्र विस्तार गरी प्रत्येक नागरिकको सहज पहुँचमा पुग्नुपर्ने बताउनुभयो । सहकारी संस्थाहरु उत्पादनमूखि हुनुपर्ने भन्दै नगर प्रमुख पौडेलले नगरपालिका भित्र रहेका सबै सहकारीहरु सक्रिय भएर काम गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सिवाईसी साकोसका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले सहकारी संस्थाहरु सफल बन्नका लागि शेयर सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो । अब सहकारीहरुले बचत र ऋणको मात्रै कारोबार गरेर नहुने भन्दै उहाँले सहकारीले आफ्नो क्षेत्र विस्तार गरी उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका सहकारी सञ्चालक तथा व्यवस्थापकहरु गरी ४० वटा सहकारीका प्रतिनिधिहरु उपस्थित भएका छन् । तालिम शनिबारसम्म सञ्चालन हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो