बागलुङको नेपानेमा सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको सेवा सम्बन्धी प्रश्न धेरै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २३ चैत २०७८ ।

बागलुङको नेपानेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजना र शुभेक्षा एफ.एम.को संयोजनमा मंगलबार जैमिनी नगरपालिका वडा नं ३ नेपानेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

जैमिनी नगरपालिकाद्वारा आर्थिक बर्ष २०७७/७८ मा सम्पन्न भएका योजना तथा कार्यक्रम र आर्थिक बर्ष २०७८/७९ मा सञ्चालित योजना तथा कार्यक्रम र सेवा प्रवाहको सन्दर्भमा गरिएको सार्वजनिक सुनुवाइमा स्थानीयहरुले वडामा कर्मचारी नहुने समस्या किन आयो ? सेवाग्राहीले पटक पटक दुःख पाउँदा पनि वडा नं ३ का जनप्रतिनिधि र कर्मचारी किन संवेदनशिल भएनन् ? भनेर प्रश्न गरेका थिए । जनताका प्रश्नको जवाmि दिँदै वडाध्यक्ष वेद बहादुर छन्त्यालले आफूहरुले सकेसम्म काम गरिरहेको र कहिलेकाहिँ मानवीय समस्या देखा परेको भन्दै वडाका कर्मचारीले दायित्वबोध नगरेको आरोप लगाउनुभयो । यस्तै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले कर्मचारीहरुको विषयमा नगरपालिकामा पनि उजुरी आएको र एक पटक उनिहरुलाई प्रतिवद्धता गराएर छोडेको बताउँदै त्यसपछि पनि कर्मचारीहरु अनुपस्थित हुने र सेवा प्रवाहमा अवरोध ल्याएकाले अब उनिहरुलाई कारवाही गर्ने चेतावनी दिनुभयो ।

सार्वजनिक सुनुवाइमा योजना, सुशासन, सेवा प्रवाह, कर्मचारी तथा जनप्रतिनिधिको गैर जिम्मेवारीपन, योजना छनोटमा आवश्यकताको पहिचान नभएको लगाएतका विषयमा प्रश्न उठेको थियो भने सवाल जवाफ गरिएको थियो ।

कार्यक्रममा उठेका जिज्ञासाको जैमिनी नगरपालिकाका वडाध्यक्ष वेद बहादुर छन्त्याल, योजना अधिकृत प्रेम प्रसाद सापकोटा, लेखा अधिकृत सुर्य बहादुर विक, ईन्जिनियर विवेक सापकोटा लगाएतले जवाफ दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका जैमिनी नगरपालिकाका सुशासन समितिका संयोजक तथा वडा नं ५ विनामारेका वडाध्यक्ष गोपाल प्रसाद शर्माले वडा नं ३ का जनताहरुको गुनासो धेरै भएको जनाकारी पाएकाले आफूहरुले वडा नं ३ का जनताको गुनासो मेटाउन सार्वजनिक सुनुवाइको आयोजना गरिएको बताउनुभयो । कर्मचारीहरुले आफ्नो दायित्वबोध नगरे वा जनप्रतिनिधिहरुले जनभावना नबुझेमा नगरपालिकाले यसको समाधान गर्ने उहाँले बताउनुभयो ।

जैमिनी नगरपालिकाको आयोजना र शुभेक्षा एफ.एम. ९६.६ मेगाहर्ज कुश्मिसेराको संयोजनमा आयोजित सार्वजनिक सुनुवाइमा ९ जनाले प्रश्न गरेका थिए भने ८२ जनाको उपस्थिति रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार