कुश्मिसेरामा कर सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न, व्यवसायीलाई कर तिर्न प्रोत्साहन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ चैत २०७८ ।

बागलुङको कुश्मिसेरामा व्यवसायीहरुलाई कर सम्बन्धी अनुशिक्षण तालिम बुधबार सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजना र जैमिनी चेम्बर अफ कमर्सको समन्वयमा एकदिने अनुशिक्षण तालिम जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा सम्पन्न भएको हो ।

कर सम्बन्धी नागरिकहरुलाई असहज भएको र करमा गएर दर्ता हुन आनाकानी हुने गरेकाले यस्तो समस्या हटाउन तालिमको आयोजना गरिएको जैमिनी चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यलय बागलुङका प्रमुख कर अधिकृत तथा प्रशिक्षक शालिकराम आचार्यले कर सम्बन्धी विविध विषयमा जानकारी गराउँदै कर तिर्न जान डराउने प्रथाको अन्त्य गर्नुपर्ने बताउनुभयो । अधिकांश मानिसहरु अहिले पनि कर तिर्न कार्यलयमा जाँदा समस्या आउँछ भन्ने सोचको भएको भन्दै उहाँले अहिले कर प्रणालीमा धेरै सुधार भएको र प्रविधिमैत्री भएको जानकारी दिनुभयो ।

यस्तै अर्का प्रशिक्षक जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले कर र राजस्वको भिन्नता बारे जानकारी दिँदै अनिवार्य दायित्व र स्वेच्छिक कर बारे प्रष्ट पार्नुभएको थियो । दस्तुर, राजस्व र कर जस्ता शब्द सरकार प्रतिको दायित्व भन्ने बुझिने गरेको भन्दै उहाँले यी तिनै शब्दको आ आफ्नै फरक र विशेषता रहेको बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले नागरिकहरुले कर तिर्न झण्झट र असहज मान्ने गरेकोले यस्तो समस्या हटाउनका लागि कर अनुशिक्षण कार्यक्रम राखिएको बताउनुभयो । नागरिकहरु पनि राज्यप्रति जिम्मेवार बन्नुपर्ने भन्दै उहाँले कर तिर्न सहज वातावरण सिर्जना हुनुपर्ने धारणा राख्नुभयो ।

तालिममा जैमिनीमा व्यवसाय गरेका र कर कार्यलयबाट पान नम्बर लिएका व्यवसायिहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो