एसईई परिक्षाकाे तयारी अन्तिम चरणमाः शुक्रबारदेखि सुरू हुँदै, काेराेना पछिकाे पहिलाे परिक्षा

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौँ, ५ बैशाख २०७९ ।

गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ ।

यसअघि कोभिड–१९ को सङ्क्रमण बढेपछि दुई पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो । राष्ट्रिय परीक्षाबोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) अर्जुनबहादुुर रायमाझीका अनुसार अहिले जिल्ला स्तरमा परीक्षाका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्य भइरहेको छ । परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सामग्री सम्बन्धित जिल्लामा पु-याइसकिएको छ । यस वर्ष मुलुकभर दुई हजार सातवटा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ ।

सबैभन्दा धेरै केन्द्र काठमाडौँमा रहनेछन्; जहाँ १२० वटा केन्द्र तोकिएको छ । सबैभन्दा कम केन्द्र मनाङमा छन् । मनाङमा एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष पाँच लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्, जसमा नियमिततर्फ चार लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् ।

यसै वर्षदेखि शिक्षा मन्त्रालयले एसईईमा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पूरा हुनैपर्ने प्रावधान हटाएको छ । उहाँले भन्नुभयो, “नयाँ नियम भएका कारण यस वर्ष केही परीक्षार्थीलाई सहज भएको छ । यो व्यवस्थाबाट दुई तीन सय परीक्षार्थी लाभान्वित हुने अपेक्षा गरेका छौँ ।”

यसै वर्षदेखि मन्त्रालयले सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरेको छ । विगतमा सैद्धान्तिकतर्फ न्यूनतम उत्तीर्ण अङ्कसमेत ल्याउन नसक्ने परीक्षार्थीले पनि प्रयोगात्मकतर्फ उच्च अङ्क ल्याउने गरेको र यसले समग्र नतिजाको ग्रेडिङ गर्दा उच्च स्थानमा पार्न सहयोग पुर्‍याउने गरेको थियो । गाेरखापत्र अनलाइनबाट साभार 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो