शिक्षक सापकोटाद्वारा जैमिनी संस्कृत आधारभूत पाठशालाका बटुकहरुलाई भोजन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ बैशाख २०७९ ।

ज्ञानज्योति प्राथमिक विद्यालयका शिक्षकले जैमिनी संस्कृत आधारभूत पाठशालाका बटुकहरुलाई भोजन गराउनुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर शिक्षक टिकाराम सापकोटाले बागलुङको जैमिनी नगरपालिका वडा नं २ शिवपुरीमा अवस्थित पाठशालाका बटुकहरुलाई भोजन गराउनुभएको हो ।

आजभोलि जन्मदिनको नाममा भड्किलो खर्च गरिने तर समाजसेवामा मानिसहरुको ध्यान कम जान थालेकाले आफुले जन्मदिनको अवसरमा बटुकहरुलाई भोजन गराएको ज्ञानज्योति प्रा.वि पिपलडाँडाका प्रधानाध्यापक समेत रहनुभएका शिक्षक सापकोटाले जानकारी दिनुभयो । २७ जनालाई खानाखर्च पुग्ने रकम आफ्नो तर्फबाट सहयोग गरेको बताउँदै उहाँले सहयोग सानो भएपनि कसैको पेट भरिने हुँदा सबैले आफ्नो अनावश्यक खर्च कटाएर यस्ताखाले सेवामा लगाउनुपर्ने बताउनुभयो ।

शिक्षक सापकोटा शिवपुरीमा रहेको हरिहर मन्दिर व्यवस्थापन समितिको उपाध्यक्ष समेत हुनुहुन्छ ।

जैमिनी संस्कृत आधारभूत पाठशाखामा निशुल्क आवाशीय सुविधा सहित अध्ययन हुने गरेको छ । अन्य आयश्रोत केहि नभएको र यस्तैखाले सहयोग र मुठिदानले विद्यालयको खर्च चलाइएको विद्यालयका शिक्षक दिपक न्यौपानेले बताउनुभयो । विद्यालयमा अहिले विभिन्न जिल्लाका २१ जना बटुकहरु आवाशीय सुविधा सहित अध्ययनरत छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो