भोलिदेखि जैमिनी नगरपालिकाको सम्पूर्ण सेवा बन्द, कर्मचारीहरु निर्वाचनमा खटिए

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ बैशाख २०७९ ।

भोलिदेखि बागलुङको जैमिनी नगरपालिकाको सेवा बन्द हुने भएको छ । जैमिनी नगरपालिकाका कर्मचारीहरु आउँदो ३० गते हुने स्थानीय तहको निर्वचनमा खटिएर जानुपर्ने भएकाले बैशाख २७ गतेदेखि ३० गतेसम्म सेवा बन्द गरिएको हो ।

जैमिनी नगरपालिकाका कर्मचारीहरु स्थानीय तहको निर्वाचनका लागि बिभिन्न स्थानमा खटिएकाले तीन दिन सम्मका लागि नगरपालिकाबाट हुने सेवा बन्द गरिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि शुक्रबारसम्म सेवा बन्द गरिएको जानकारी गराइएको उहाँको भनाई छ ।

यहि बैशाख ३० गते शुक्रबार स्थानीय तहको चुनाव हुँदैछ । शुक्रबार मतदान गर्ने दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

May be an image of text that says 'जैमिनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुश्मसेरा, बागलड प.स.: ૦७૮/ ०७८/०७९ च.न.: ०६५४२१9००,०६५४२११०१ वेवसाइड: jaiminimun.gov.np इमेल :-jaiminimun@gmail.com गण्डकी प्रदेश, नेपाल मिति २०७९।०१२६ जैमिनी नगरपालिकाको कार्यालय, कुश्मिसेरा बागलुडको सेवा प्रवाह सम्बन्धी सुचना। स्थानिय तह सदस्य निर्वाचन २०७९ बैशाख ३० गतेका दिन हुन गइरहेको सरन्दभमा यस कार्यालयका अधिकाशं कर्मचारीहरु उक्त निर्वाचनमा खटिई जानुपर्ने भएकोले मिति २०७९।०१२७ देखी २०७९।०१।३० गते सम्मका लागी सेवा प्रवाह नहुने व्यहोरा सम्बन्धित सवैमा जानकारीका लागी सुचित गरिन्छ। ज्ञानराज कोडराला प्रसुख प्रशासकीय अधिकृत "नतिजामुखी प्रशासन: समृद्धि सुशासन"'


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो