बागलुङ, १५ जेठ २०७९ ।
पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्क विहिन भएको २ घण्टासम्म फेला परेको छैन । बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहिन भएको विमान खराव मौसमका कारण फेला नपरेको हो ।
चालक दलका ३ जना सहित २२ जना रहेको विमान अझै सम्पर्कमा नआएको तारा एअरले जनाएको छ । विमान मुस्ताङको लेतेमा दुर्घटना परेको भनि सामाजिक सञ्जालहरुमा आएपनि आधिकारीक पुष्टि नभएको गृह मन्त्रालयले जनाएको छ । सामाजिक सञ्जालमा देखिएको फोटो पुरानो दुर्घटनाको प्रयोग भएको पाइएको छ ।
यी हुन् हराइरहेको विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरु

चालक दल
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा

यात्रुहरु
१. बान्देकर वैसवी
२. इन्द्रबहादुर गोले
३. पुरुषोत्तम गोले
४. राजनकुमार गोले
५. मेइक ग्रीटग्राफ
६. वसन्त लामा
७. गणेश नारायण श्रेष्ठ
८. रवीना श्रेष्ठ
९. रश्मी श्रेष्ठ
१०. रोजिना श्रेष्ठ
११. प्रकाश सुनुवार
१२. मकरबहादुर तामाङ
१३. राममाया तामाङ
१४. सुकुमाया तामाङ
१५. तुलसादेवी तामाङ
१६. अशोककुमार त्रिपाठी
१७. धनुश त्रिपाठी
१८. ऋतिका त्रिपाठी
१९. वी विलनर

प्रतिक्रिया दिनुहाेस्