पाठकहरु फेक न्युजको सिकारः हेलिकप्टर दुर्घटनाको फोटो हाल्दै विमान दुर्घटनाको हल्ला फैलाइयो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १५ जेठ २०७९ । 

आइतबार सम्पर्कविहिन बनेको विमान दुर्घटना भन्दै गलत फोटो प्रयोग गरेर पाठकहरुलाई फेक न्युजको सिकार बनाइएको छ । हेलिकप्टर दुर्घटना भएको पुरानो फोटो प्रयोग गरी आइतबार सम्पर्क विहिन भएको तारा एअरको विमान दुर्घटना भएको भन्दै पाठकहरुलाई फेक न्युजको सिकार बनाइएको हो ।

सामाजिक सञ्जाल प्रयोकर्ताहरुले पुरानो फोटो राख्दै श्रद्धाञ्जली दिन थालेपछि सत्यतथ्य बुझ्दा उक्र तस्विर हेलिकप्टर दुर्घटनाको भएको पुष्टि भएको छ । उक्त तस्विरमा हेलिकप्टरका पंखाहरु प्रष्ट देखिएका छन् । कतिपय अनलाइनहरूले साेहि तस्विर प्रयाेग गर्दै विमान मुस्ताङकाे लेतेमा दुर्घटना भएकाे समाचार लेखेका छन् । तारा एअरले अनाधिकृत रूपमा गलत कुरा सामाजिक सञ्जालमा नलेख्न अनुराेध गरेकाे छ ।

हराएकाे विमान अहिलेसम्म फेला परेकाे छैन ।जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।

नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ । मौसममा सुधार हुनासाथ हवाइ मार्गबाट खोजी सुरु गरिने र विमानको खोजीका लागि स्थल मार्गबाट नेपाली सेना र नेपाल प्रहरी घोडेपानीतर्फ प्रस्थान गरिरसकेको प्राधिकरणले जनाएकाे छ ।

 

No description available.
समाजकि सञ्जालमा यो फोटो दुर्घटनाको भन्दै भाइरल भएको छ ।

याे पनि पढ्नुहाेस् । 

हराइरहेको तारा एअरको विमान अझै भेटिएन, दुर्घटनामा परेको खबर अपुष्ट


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो