जैमिनीमा विभेद न्युनिकरण कार्यक्रमः “छुवाछुत नगरौँ भन्छन् तर गर्न कोहि छोड्दैनन्”

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २१ जेठ २०७९ ।

नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा बागलुङको जैमिनीमा जातीय विभेद न्युनिकरणका लागि जनप्रतिनिधिहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान दलित जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन सहित अन्तरक्रिया कार्यक्रम शनिबार कुश्मिसेरामा सम्पन्न भएको हो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जातीय विभेद भन्ने कुरा कहाँ बाट आयो र कहिले टुंगिन्छ भनेर थाहा नभएतापनि यसलाई अन्त्य गर्ने जिम्मा अहिलेका नागरिकहरुको नै भएको बताउनुभयो । आवश्यकतामा विभेद नहुने र आवश्यकता नपर्दा विभेद हुने प्रचलन कदापी राम्रो नहुने भन्दै उहाँले विभेद गर्नुपर्छ र हुनुपर्छ भन्ने कुनै वैज्ञानिक कारण नभएको बताउनुभयो । अहिलेको विज्ञानको जमानामा यस्ता आधारहिन कुराहरुमा अल्झिनु भनेको आफै पछि पर्ने मात्रै रहेको उहाँको भनाई छ ।

खोला तर्दा छुवाछुत नहुने तर बाहिर छुवाछुत गर्ने प्रचलनले नै समस्यामा छुवाछुत बिर्सेर जिवन बचाउने तर्फ सोच्ने उदाहरण दिँदै प्रमुख पुनले कोहिपनि जातले ठुलो र सानो नहुने बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले अहिलेको यो सताप्दीमा पनि जातभात र छुवाछुतको कुरा गर्नु मुर्खता बाहेक अरु केहि नभएको बताउनुभयो । कसैको श्रम र सिप चल्छ भने उसलाई छुवाछुत गर्नु गलत रहेको भन्दै उहाँले यस्ता कुरितिहरुलाई हामीले नै हटाउनुपर्ने बताउनजुभयो ।

अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्दै जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले जातीय विभेद र छुवाछुत अन्त्य गर्न सबैले चाहने तर अन्त्य गर्न कसैले नखोज्ने गरेको बताउनुभयो । छुवाछुत गर्दिन भनेर सबैले भन्ने तर सबैले गर्ने गरेका कारण अहिलेपनि समाजमा दलित जातीहरु हेपिएर बस्नुपरेको उहाँको भनाई छ । मानिसको रुपबाट नै विभेद सुरु हुने भन्दै उहाँले विभेद अझैपनि घट्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

दलितका हक अधिकार, छुवाछुत समबन्धी कानुनी व्यवस्था लगाएतका विषयमा उहाँले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा जैमिनी नगरपालिकाका निवर्तमान जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन सहित मायाको चिनो प्रदान गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो