जैमिनीमा आइतबार बिदा नहुने, कार्यपालिकाको पहिलो बैठकले गर्‍यो यस्ता निणर्य

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १९ जेठ २०७९ ।

बागलुङको जैमिनी नगरपालिकामा आइतबार बिदा नहुने भएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुको बिहिबार बसेको पहिलो कार्यपालिका बैठकले यस्तो निणर्य गरेको हो ।

आगामी आर्थिक बर्ष २०७९/८० को बजेट निर्माण गर्नुपर्ने र यहाँ सवारी साधन पनि धेरै सञ्चालन नहुने हुँदा साविक अनुसार नै कार्यलयहरु सञ्चालन गर्ने निणर्य भएको जैमिनी नगरपालिकाका नगर उप-प्रमुख हरिहर शर्माले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । जैमिनी नगरपालिका कार्यलय सहित नगरपालिकामा रहेका सबै विद्यालयहरु समेत आइतबार पनि सञ्चालन गर्ने निणर्य भएको उहाँको भनाई छ ।

यसअघि नेपालमा शनिबार सार्वजनिक बिदा हुँदै आएकोमा देशमा देखिएको तरलता अभाव र ईन्धनको मूल्यबृद्धिका कारण नेपाल सरकारले जेठ १ गते देखि आइतबार पनि सार्वजनिक बिदा दिएको थियो । आइतबार सार्वजनिक बिदा भएपछि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएको कार्यलय समयलाई परिमार्जन गरी बिहान साँढे ९ बजेदेखि साँझ साँढे ५ बजेसम्म बनाइएको थियो ।

जैमिनीमा आउने कर्मचारीहरु प्रायः पैदल नै आउने र यहाँ यसअघि पनि ईन्धनको खपत न्युन नै हुने गरेकाले साविक अनुसार नै कार्यलय खोल्ने निणर्य भएको नगर उप-प्रमुख शर्माले बताउनुभयो । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा समेत गर्नुपर्ने समयमा २ दिन कार्यलय बन्द हुँदा प्रभावकारी कार्यसम्पादनमा समस्या पर्ने देखिएकाले कार्यपालिका बैठकले सबै काम कारवाही तथा कार्यसञ्चालन साविक बमोजिम नै हुने निणर्य गरेको नगरपालिका श्रोतले जनाएको छ ।

आर्थिक बर्षको अन्तिम समय भएको र कतीपय योजनाहरु सम्पन्न भएर फरफारक गर्ने समयमा कार्यलय २ दिन बन्द हुँदा सेवाग्राहीलाई समेत असर परेको थियो । अब कार्यलय तथा विद्यालय आइतबार खुल्ने भएपछि सबैलाई सहज हुने देखिएको छ ।

यस्तै जैमिनी नगरपालिकाको कार्यपालिका बैठकले यो संगै बिभिन्न १५ निणर्य गरेको छ । बर्खायाममा मोटरबाटो सहज रुपमा सञ्चालन गर्ने, सुरक्षाको प्रत्याभूति दिलाउन सबै तहसँग समन्वय गर्ने, नागरिकहरुलाई छिटो छरितो र पारदर्शी तरिकाले सेवा दिने लगाएतका निणर्यहरु पहिलो कार्यपालिका बैठकमा प्राथमिकतामा परेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो