कुश्मिसेरामा २ दिने योग कार्यक्रम सम्पन्न, स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ असार २०७९ ।

बागलुङको कुश्मिसेरामा दुई दिने जिवनशैली परिवर्तन तथा योग कार्यक्रम सम्पन्न भएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा जिवनशैली परिवर्तन तथा योग कार्यक्रम सञ्चालन भएको हो ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा मंगलबार र बुधबार जिवनशैली परिवर्तन तथा योग कार्यक्रम गरिएको धौलागिरी आर्युवेद औषधालय बागलुङका प्रमुख डाक्टर सरोज कुमार रायले जानकारी दिनुभयो । कुश्मिसेरा बजारमा अवस्थित शान्तिदीप बहुमुखी क्याम्पसको हलमा भएको योग कार्यक्रममा करिव १ सय जनाभन्दा बढीले सेवा लिएका छन् ।

यस्तै योग शिविरको अन्तिम दिन बुधबार स्वास्थ्य परिक्षण सँगै निःशुल्क औषधि वितरण गरिएको प्रमुख डाक्टर रायले बताउनुभयो । नागरिकहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सुगर, प्रेसर लगाएतका रोगको परिक्षण गरी च्यावनप्रास सहित आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

No description available.

नागरिकहरुलाई स्वास्थ्य प्रवद्र्धनका लागि योग तर्फ आकर्षित गराउन कार्यक्रमको आयोजना गरिएको जैमिनी नगरपालिका आयुर्वेद शाखाका प्रमुख डाक्टर लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । बुधबार कुश्मिसेरा बजार क्षेत्रका करिव १ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गरिएकाहरुमध्ये केहिको सुगर बढी देखिएको थियो भने अधिकांशको स्वास्थ्य अवस्था सामान्य पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

No description available.

धौलागिरी आयुर्वेद औषधालयले योग सँगै स्वास्थ्य परिक्षण समेत गरिदिँदा स्थानीयहरु खुशी भएका छन् । पछिल्लो समयमा प्रायः मानिसमा देखिने सुगर र प्रेसर जस्ता रोगहरुको बारेमा जानकारी राख्न पाएको भन्दै सेवाग्राहीहरुले धन्यवाद् समेत ज्ञापन गरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार