राङ्खानीका एक परिवारलाई बागलुङ समाज हङ्कङको सहयोग, नगर प्रमुख पुनद्वारा हस्तान्तरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ८ साउन २०७९ ।

बागलुङ समाज हङ्कङले जैमिनीका एक परिवारलाई राहत स्वरुप नगद प्रदान गरेको छ । भिजिट भिषामा दुवई गएर उतै मृत्यु भएका बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका केशव थापाको परिवारलाई नगद हस्तान्तरण गरिएको हो ।

बागलुङ समाज हङ्कङले सहयोग स्वरुप पठाएको रकम शनिबार जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको छ । मृतक केशव थापाकी ६ बर्षीय छोरी सोनिया थापाको शिक्षादीक्षाको लागि १ लाख ५० हजार, बुवा जस बहादुर थापा तथा आमा धनमाया थापाको लागि ३५ हजार र श्रीमति पार्वती श्रीस थापालाई ५० हजार रुपैयाँ गरी कुल २ लाख ३५ हजार रुपैयाँ रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको नगर प्रमुख पुनले जानकारी दिनुभयो ।

रकम हस्तान्तरण पछि बोल्दै पुनले सकेसम्म विदेश नै नजाने र जानै परे सिप सिकेर र बैधानिक तरिकाले मात्रै जान आग्रह गर्नुभयो । ऋण काडेर भिजिट भिषामा जाने र उता पनि अवैधानिक बस्ने गर्दा समस्या आएमा कतैबाट पनि सहयोग पाउन गाह्रो हुने भएकाले यसो नगर्न उहाँको आग्रह छ । बैधानिक तरिकाबाट गएमा नेपाल सरकार, सुरक्षित आप्रवासन परियोजना लगाएतले सहयोग गर्ने हुँदा कुनै समस्या परे समाधान छिटो हुने भन्दै उहाँले अब जैमिनी नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) परियोजनासँग समन्वय गरेर सिपमूलक तालिमका साथै बैदेशिक रोजगारीका क्षेत्रसँग सम्बन्धीत काम गर्ने बताउनुभयो ।

राहत रकम बुझ्दै मृतकका परिवारले बागलुङ समाज हङ्कङलाई धन्यवाद दिएका छन् । अबैधानिक रुपमा विदेश जाँदा विमा सहित राज्य र कम्पनीबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको अवस्थामा समाजले गरेको सहयोगले आफुहरुलाई   ठुलो राहत मिलेको उनिहरुको भनाई छ ।

मृतक थापा २०५४ साल बैशाख २ गते जन्मिएका थिए भने ५ बर्ष अघि भिजिट भिषामा दुवई गएका उनको २०७९ साल जेठ १९ गते दुवई मै मृत्यु भएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो