बागलुङ, १० साउन २०७९ ।
जैमिनीको हरिहर मन्दिरमा सोमबार भजन किर्तन गरिएको छ । जिल्ला भजन समितिको संयोजनमा बागलुङको जैमिनी नगरपालिका २ दमेक स्थित हरिहर मन्दिरमा भजन किर्तन कार्यक्रम गरिएको हो ।
दमेकको शिवपुरीमा अवस्थित मन्दिरमा जैमिनी संकिर्तन समुह, विनामारे भजन समुह, अमलाचौर भजन समुह लगाएतका टिमले भजन किर्तन गरेका थिए । जिल्लाका बिभिन्न धार्मिक स्थलहरुमा श्रावण महिनामा भजन किर्तन गर्ने कार्यतालिका अनुरुप सोमबार हरिहर मन्दिरमा भजन किर्तन गरिएको जिल्ला भजन समिति बागलुङका अध्यक्ष संगम क्षेत्रीले बताउनुभयो । यसरी भजन किर्तन गर्दा प्रचारप्रसार पनि हुने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले जिल्लाका धार्मिक स्थलहरुमा भजन किर्तन गर्ने गरिएको उहाँको भनाई छ ।
प्रचारप्रसार हुन थालेपछि मन्दिरमा भक्तजनहरुको आकर्षण समेत बढ्दै गएको छ । मन्दिरमा गुरुकुल शिक्षा दिने जैमिनी संस्कृत आधारभूत पाठशाला समेत सञ्चालनमा छ । अहिले करिव २५ जना बटुकहरुले निःशुल्क आवाशीय सुविधा सहित गुरुकुल शिक्षा लिइरहेका छन् । मन्दिरमा जैमिनी र आसपासका बिभिन्न स्थानबाट भक्तजनहरु आएका थिए ।
भिडियाे हेर्नुहाेस् ।



प्रतिक्रिया दिनुहाेस्